विराटनगरका समाजसेवी गोयलद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण

<span class='c1'>विराटनगरका समाजसेवी गोयलद्धारा विद्यार्थीलाई</span> <span class='c2'>न्यानो कपडा वितरण</span>

विराटनगर । विराटनगरका वरिष्ठ उद्योगपति एवम् समाजसेवी दीनबन्धु गोयलले आर्थिक विपन्न परिवारका विद्यार्थीहरूलाई जाडोको न्यानो कपडा र जुत्ता वितरण गरेका छन् ।

विराटनगर– १९ धनपुरा खदरा टोलस्थित जागृति आधरभूत विद्यालयमा अध्ययरत विपन्न परिवारका १ सय २७ जना विद्यार्थीहरूलाई बिहीबार समाजसेवी गोयलले जाडाको न्यानो कपडा र जुक्ता वितरण गरेका हुन् ।
दीनबन्धु गोयलका आफ्ना दाजु ओमप्रकाश गोयलका स्मृतिमा विद्यार्थीलाई जाडो न्यानो कपडासहित, जुक्ता, मोजा, स्कूलको पोसाक, स्वीटर तथा बिस्कुट १ सय २७ जना विद्यार्थीहरूलाई वितरण गरिएको स्कूलका प्रधानध्यापक दधिराम नेपालले जानकारी दिए ।
कार्यक्रममा समाजसेवी गोयलले सामुदायिक विद्यालयका धेरै जसो विद्यार्थीको अवस्था दयनीय देखेर आफूले दाजुका स्मृतिमा जाडोको न्यायो कपडा र विद्यालय पोशाक वितरण गरेको बताए । गोयलले दाजु ओमप्रकाश पनि सामाजिक सेवाको भावना रहेको उल्लेख गर्दै आफूले दाजुकै माध्यमबाट समाजसेवाको प्रेरणा प्राप्त भएको उल्लेख गरे । उनले असहाय र आवश्यक परेकालाई सबैले गच्छेअनुसार सहयोग गर्न सके समाज सुख, शान्ति र बन्धुत्वको भावना स्थापित हुने धारणा प्रकट गरे ।
समाजसेवी गोयलले मोरङ र झापामा रहेको ग्रामिण क्षेत्रमा रहेको सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक विपन्न छात्र–छात्राहरूलाई प्रत्येक वर्ष जाडोमा न्यानो कपडा वितरण गर्नुको साथै जेहन्दार विद्यार्थीहरूलाई छात्रवृत्ती पनि स्थापना गरि वितरण गर्दै आएका छन् ।
कार्यक्रममा विद्यालयका प्रधानध्यापक दधिराम नेपालले विपिन्न विद्यार्थीहरूलाई जाडोमा न्यानो कपडा र जुत्ताले धेरै राहत पुग्ने बताए । नारी विकास संघको संयोजनमा न्यानो कपडा वितरण कार्यक्रम भएको हो । कार्यक्रममा संघकी अध्यक्ष सीता शर्मा दाहालले ग्रामिण क्षेत्रमा रहेको विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र जुक्ताले जाडोमा धेरै राहत पुग्ने बताए । यस विद्यालयमा ऋषिदेव, ाराजवंशी सामुदायका विपन्न परिवारका विद्यार्थी अध्ययरत छन् ।
कार्यक्रममा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बहादुर बस्नेत, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष संञ्जिव खनाल लगायतको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्