विराटनगर । महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागी विराटनगर ९ जलजला चौकमा रहेको तगेरा व्युटिपालर एण्ड ट्रेनिङ सेन्टरमा एक महिने मेकअप तालिम सुरु भएको छ ।

विराटनगर महानगरपालीकाको आयोजनामा वडा भित्र बसोबास गर्ने २० जना महिलाहरुको लागी सिप मुलक ३० दिने मेकअप सम्बन्धी तालिम सुरु भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै विराटनगर महानगरपालीका वडा नम्बर ९ का वडा अध्यक्ष विश्वनाथ भगतले वेरोजगारी महिलाहरुको लागी सिप मुलक तालिमले आत्मनिर्भर बनाउन सक्ने बताउनुभयो । घर मै बसिरहेका महिलाहरुको लागी वेसिक तालिम प्राप्त भएपछि भोलीको दिनमा सामान्य व्युटिपालर खोलेर बस्न सक्ने र आयआर्जनको बाटो मिल्ने समेत अध्यक्ष भगतले बताउनुभयो ।
त्यसैगरी उद्धघाटन कार्यक्रममा विराटनगर महानगरपालीकाका सामाजिक विकास महाशाखा प्रमुख पुनम दाहालले विराटनगर महानगरपालीकाले जारी गरेको महिला लक्षित सिप मुलक तालिमबाट धेरै महिलादिदि बहिनीहरुले रोजगार प्राप्त गरिसकेको बताउनुभयो ।

महानगरपालीकाबाट हरेक बर्ष यस्ता महिला लक्षित सिप मुलक तालिम लिएर आत्मनिर्भर बन्दै व्यावसायिक रुपमा अगाडी बढ्दै जान थालेका दाहालले दावी गर्नुभयो । ३० दिने तालिममा विशेषगरी महिला श्रृङगार तथा मेकअपका विभिन्न कोर्षहरुको तालिम हुने तागेरा व्युटिपालरकी संचालिका तथा प्रशिक्षक गिता धिमालले जानकारी दिनुभयो । तालिम आगामी माघ ६ गते सम्म संचालन हुने जनाइएको छ ।