भरुवा बन्दुक सहित २ जना पक्राउ

<span class='c1'>भरुवा बन्दुक सहित</span> <span class='c2'>२ जना पक्राउ</span>

कास्की । पोखरा महानगरपालिका वडा ३२ मजुवाबाट १ थान भरुवा बन्दुक सहित माछापुछ्रे गाउँपालिका वडा ५ बस्ने ३४ वर्षीय गणेश गुरुङ समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तनहुँबाट पोखरातर्फ जाँदै गरेको ग.१३ प ८२०० नम्बरको मोटरसाइकललाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार गुरुङको झोलाभित्र उक्त बन्दुक फेला पारी गुरूङ र मोटरसाइकल चालक समेतलाई पक्राउ गरेको हो ।

यस घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्