अवैध लागूऔषध गाँजा सहित एकजना पक्राउ

<span class='c1'>अवैध लागूऔषध गाँजा</span> <span class='c2'>सहित एकजना पक्राउ</span>

दमक । झापाको दमक नगरपालिका–१ स्थित रतुवा खोलाको बगरबाट गाँजा सहित १ जना पुरुष मानिस पक्राउ परेका छन । पक्राउ पर्नेमा इलाम माङसेवुङ गाउँपालिका–६ का ४६ बर्षीय बिर कुमार राई रहेका छन ।

अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी गस्ति टोलीले खोला बगरमा संकास्पद अवस्थामा हिडिरहेका राईलाई खानतलासी लिंदा निजले पछाडि बोकेको झोला र हातमा झुन्ड्याएको जेव्रा झोलामा ८ किलोग्राम १६० ग्राम अवैध लागूऔषध गाँजा बरामद गरिएको हो । गाँजा सहित पक्राउ परेका राईको इलाका प्रहरी कार्यालय दमकबाट अनुसन्धान भईरहेको र सम्मानित झापा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रकृया अगाडि बढाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्