प्रदेश १ मा १२ जनामा कोरोना संक्रमण

<span class='c1'>प्रदेश १ मा १२</span> <span class='c2'>जनामा कोरोना संक्रमण</span>

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण भएको छ । १५६ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङमा ५, सुनसरीमा ४, झापामा २ र इलाममा १ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ४ र मिक्लाजुङमा १, सुनसरीको इटहरीमा ३ र स्थानीय तह नखुलेका १, झापाको भद्रपुर र झापा गाउँपालिकामा १–१ र इलामको इलाम नगरपालिकामा १ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २ महिला र ५ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १०२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्