विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन सञ्चालनको तयारी

<span class='c1'>विश्वकै दोस्रो लामो सुपरम्यान</span> <span class='c2'>जीपलाइन सञ्चालनको तयारी</span>

कुश्माबजारमा निर्माण भएको विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन सञ्चालनको तयारीमा छ । कुश्मा नगरपालिका–५ मा पर्ने चाक्लेको डिलबाट कालीगण्डकीको गहिरो खोँच हुँदै साउने बगरसम्म एक हजार ४०० मिटर लम्बाइको जीपलाइन अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

सबै परीक्षण सकेर एक हप्ताभित्रमा जीपलाइन सर्वसाधारणका लागि खुला गर्ने तयारी रहेको हार्नेस जीपलाइन प्रालिका कार्यकारी प्रमुख सुनिल बानियाँले जानकारी दिनुभयो । “प्राविधिक परीक्षणका काम भइरहेका छन्”, उहाँले भन्नुभयो, “यसलाई सबै सकेर एक हप्ताभित्रमै सञ्चालन गर्ने तयारीमा जुटेका छौँ ।”पछिल्लो समय यहाँ साहसिक खेलको गन्तव्य बन्दै गएको छ ।

जीपलाइनमा दुई जनाले सँगै बग्न सकिने र ६० देखि ९० सेकेण्डमै गन्तव्यमा पुगिनेछ । जीपलाइन भारतको श्याम जीपलाइनले निर्माण गरेको हो । निर्माण कम्पनीका इञ्जीनियर नवीन मेस्सीका अनुसार हावाको गति र खेलाडीको तौलमा जीपलाइनको गति भर पर्ने भए पनि जीपलाइनमा यात्रा सुरु गर्दा प्रतिघण्टा १३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा विस्तारै घट्दै जाने गर्दछ ।

कालीगण्डकी नदीको सतहबाट २३८ मिटरको उचाइबाट यात्रा सुरु हुनेछ भने त्यसको ल्यान्डिङ कालीगण्डकी नदी किनारमा बन्ने रिसोर्टमा हुनेछ । सुपरम्यान शैलीमा पर्वतको जीपलाइन विश्वकै दोस्रो लामो भएको पनि बानियाँले बताउनुभयो । सुपरम्यान शैलीमा विश्वको सबैभन्दा लामो दुई हजार ८०० मिटरको जीपलाइन दुबईमा रहेको छ । जीपलाइनसँगै नेपालमै युनिक रिर्सोट पनि निर्माणको अन्तिम चरणमा पुगेको छ । रिर्सोटसँगै कालीगण्डकीमा जलयात्रा र रिर्सोट परिसरमा आधा दर्जन अन्य साहसिक खेल पनि सञ्चालन गर्ने योजना अघि बढाइएको बानियाँले बताउनुभयो ।

यसैबीच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शनिबार जीपलाइन अवलोकन गर्नुभएको छ ।

सुकुम्वासी बस्तीमा न्यानो कपडा वितरण

पर्वतको जलजला गाउँपालिका–४ लामाखेतमा रहेको सुकुम्वासी बस्तीमा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ । लायन्स क्लब अफ पर्वत गुप्तेश्वर र नमूना स्काउटको आयोजना तथा कुश्मा नगरपालिका–७ को सहकार्यमा स्थानीयवासी झण्डै १०० जनालाई न्यानो कपडा वितरण गरिएको हो । स्थानीय क्विक रेस्क्यु फोर्सको सहकार्यमा पीडितको बस्तीमै पुगेर कपडा वितरण गरिएको लायन्स क्लब अफ पर्वत गुप्तेश्वरका अध्यक्ष अर्जुन पौडेल (निर्जन)ले जानकारी दिनुभयो ।

स्थानीय बालबालिका, महिला तथा ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने करिब १०० सेट न्यानो कपडा पर्वत उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष केदार शर्माले क्विक रेस्क्यु फोर्सलाई हस्तान्तरण गर्नुभएको हो । गरिब तथा विपन्न परिवारका बालबालिका र ज्येष्ठ नागरिकलाई चिसोबाट बचाउन क्लबले न्यानो कपडा वितरण अभियान सञ्चालन गरेर उदाहरणीय कार्य गरेको उहाँले बताउनुभयो । अभियानअन्तर्गत यसअघि कुश्माबजारका झण्डै २०० र मालढुङ्गाको माझी बस्तीका २०० परिवारलाई न्यानो कपडा वितरण गरिसकिएको छ ।

चिसोका कारण प्रभावित बनेका गरिब, विपन्न र दलित समुदायका परिवारलाई मध्यनजर गर्दै पर्वतमा न्यानो कपडा वितरण अभियान थालिएको क्लबका अध्यक्ष पौडेलले बताउनुभयो । चिसोबाट गरिब तथा विपन्न परिवारलाई बचाउन क्लबले ‘चिसोबाट आफू पनि जोगिऔँ अरुलाई पनि जोगाऔँ, हुनेले दिऊँ नहुनेले लैजाऊँ’ भन्ने अभियान सञ्चालन गरेको क्लबका अध्यक्ष पौडेलले बताउनुभयो । अभियानका क्रममा सहयोगदाताबाट ५०० प्रतिशत नयाँ र ५० प्रतिशत सफा कपडा सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।

यहाँका उद्योगी, व्यावसायी तथा अन्य बासिन्दासँग पुराना र सफा कपडा सङ्कलन गर्ने र विपन्न तथा असहाय नागरिकलाई वितरण गर्ने अभियान थालिएको उहाँको भनाइ थियो । क्लबले उपलब्ध गराएका स्वीटर, ज्याकेट, कुर्ता, सुरुवाल, टोपी, टाउजर, ट्रयाकसुट, जुत्ता, मोजालगायत लगाउने र ओढ्ने कपडा गरिब तथा विपन्न परिवारलाई वितरण गरिएको क्विक रेस्क्यु फोर्सका संयोजक दिलीप बरुवालले बताउनुभयो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्