विराटनगर । विराट सांग्रिला स्पोर्टिङ क्लबको अध्यक्षमा पुनः रुपेश अधिकारीले निरन्तरता पाएका छन् । गत शनिबार सम्पन्न साधारणसभाले पुनः आगामी कार्यकालको लागि एन्फा केन्द्रिय सदस्य अधिकारीको नेतृत्वमा २१ सदस्यीय कार्य समिति चयन गरेको हो ।

विराटनगर महानगरपालिका–९ मा रहेको क्लबको महासचिवमा माधव भट्टराई, सचिव काशीराज पराजुली र कोषाध्यक्षमा दीपेन्द्र थापामगर चयन भएका छन् । साधारण सभाले आर्थिक वर्ष २०७८÷०७९ का लागि २४ लाख ४५ हजार रुपैयाँको अनुमानित आयव्यय विवरण पारित गरेको छ ।
त्यस्तै टोलीले चालु आर्थिक बर्षका नै हुने सी डिभिजन लिग र मोरङ जिल्ला लिगमा भाग लिने निर्णय समेत गरेको छ । क्लबले परशुराम (कृष्ण) बस्नेतको संयोजकत्वमा ६ सदस्यीय सल्लाकार समिति समेत चयन गरेको छ । समितिको सदस्यमा अरुण राठी, विकास चौधरी, नवीन घिमिरे, अनन्तराज थापा र भोला सिलवाल रहेका छन् ।