हुम्लामा चिसो बढ्यो, खुल्ला चौरमा परीक्षा

<span class='c1'>हुम्लामा चिसो बढ्यो,</span> <span class='c2'>खुल्ला चौरमा परीक्षा</span>

सिमकोट । सिमकोट उच्च हिमाली जिल्ला हुम्लामा केही दिनयता नियमित हिमपात हुँदा चिसो अत्यधिक बढेको छ । चिसोले सबैभन्दा वढी विद्यार्थीलाई समस्या बनाएको जनाइएको छ । चिसो बढेपछि यहाँका विद्यालयले खुला चौरमा परीक्षा सञ्चालन गरिरहेका छन् ।

सात गाउँपालिका रहेको जिल्लाका अधिकांश विद्यालयमा अहिले अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ । जिल्लामा तेस्रो पटक हिमपात भएपछि चिसोले कक्षा कोठाभित्र कठ्याङ्ग्रिने अवस्था आएको छ । खुला चौरका पारिलो घाममा विद्यार्थीको परीक्षा लिइरहेको मानसरोवर माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले जानकारी दिनुभयो ।

सदरमुकाम सिमकोटसहित उत्तरी क्षेत्रमा थप चिसो अत्याधिक बढेको छ । खुला चौरमा परीक्षा दिइरहेको अदानचुलि गाउँपालिकास्थित सूर्योदय माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत छात्र दीपक फडेराले बताउनुभयो ।

उहाँले भन्नुभयो “ हिमपात भएपछि विद्यालयको कक्षा कोठाभित्र चिसोले हात कठ्याङ्ग्रिएर कलम चलाउनसमेत कठिन हुने गरेको छ । खुल्ला चौरमा परीक्षा दिन बाध्य छौँ । ” विद्यार्थीले यसवर्ष पनि कोरोनाले पूरै समय अध्ययन गर्न नपाएको र चिसोले परीक्षा दिन सकस भइरहेको जनाएका छन् ।

सिमकोट गाउँपालिकास्थित मानसरोवर नमूना माध्यमिक विद्यालयका छात्रा एञ्जीला रोकायाले घाममा आएर परीक्षा दिन थालेपछि लेख्न सजिलो भइरहेको बताउनुभयो । विद्यार्थीले कक्षा कोठाभित्र चिसोले परीक्षा दिन समस्या भएको बताएपछि घाममा बसेर परीक्षा दिने व्यवस्था गरिएको विद्यालयले जनाएको छ । शिक्षक रेसमराज रोकायाले चौरमा परीक्षा सञ्चालन भइरहेको बताउनुभयो ।

तस्वीर:दाने बोहरा/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्