होटलबाट पेस्तोल सहित २ जना पक्राउ

<span class='c1'>होटलबाट पेस्तोल सहित</span> <span class='c2'>२ जना पक्राउ</span>

सुनसरी । सुनसरीको कोशी गाउँपालिका वडा १ स्थितबाट पेस्तोल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बेलुका करिब ४ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा सुनसरीको कोशी गाउँपालिका वडा १ स्थित बि.एस. होटलबाट भारत बिहार अररिया, बासमटियाका ३५ बर्षिय बिधानन्द राम र २४ बर्षिय हासिम अंसारीलाई २ थान पेस्तोल सहित पक्राउ गरिएको हो ।

होटलको कोठामा बसिरहेको अवस्थामा कोठा खानतलासी गर्दा निजहरुले ओछ्यानमा लुकाई राखेको अवस्थामा पेस्तोल २ थान, म्याग्जिन ४ थान, 7.65 mm को गोली ३ राउण्ड बरामद गरिएको हो । निजहरुबाट मोबाइल १ थान, BR50 K 0149 नम्वरको मोटरसाईकल र भारतिय २ हजार रुपैया समेत बरामद भएको छ ।

पेस्तोल सहित पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्