चुरे संरक्षणका लागि वृक्षरोपण

<span class='c1'>चुरे संरक्षणका</span> <span class='c2'>लागि वृक्षरोपण</span>

चुरे क्षेत्रको संरक्षणका लागि नेपाली सेनाको टोलीले रुपनीमा वृक्षरोपण सुरु गरेको छ । रुपनी गाउँपालिका–५ स्थित दुधैला खोला ईलाकामा नेपाली सेनाले वृक्षरोपण सुरु गरेको हो ।

जिल्ला वन कार्यालयसँगको सहकार्यमा भीम दल गणले एक हजार २०० मगहनी, एक हजार मसला, ९०० खयर, ९०० तेजपत्ताका बिरुवा गरी चार हजार बिरुवा लगाइएको गणपति प्रमुख सेनानी नीरज भण्डारीले बताउनुभयो । सो क्षेत्रमा रहेको प्रसिद्ध शनि मन्दिरसम्मको बाटो बनाउने काममा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको र वृक्षरोपण अभियानलाई स्थानीयले निकै रुचाएको उपेन्द्र साहले बताउनुभयो ।

श्री नं २७ बाहिनीपति सहायक रथी हेमराज केसीको विशेष उपस्थितिमा भएको वृक्षरोपण कार्यक्रमका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, सशस्त्र प्रहरी ६ नं गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठलगायत जनप्रतिनिधि, त्रिशक्ति र शनिदेव वन उपभोक्ता समितिका पदाधिकारीको सहभागिता थियो ।

तस्बिर:नानीमैया कटवाल/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्