मध्य चिलीको ओ'हिगिन्स क्षेत्रको प्युमो शहरमा भएको सडक दुर्घटनामा नौ जनाको मृत्यु हुनाका साथै दुई जना गम्भीर घाइते भएको चिली सरकारले बुधबार जानकारी दिएको छ ।
ओ'हिगिन्स क्षेत्रका अधिकारी रिकार्डो गुजम्यानका अनुसार ठूलो ट्रक र मजदुर बोकेको भ्यान ठोक्किदा उक्त दुर्घटना भएको हो । दुर्घटनास्थल नजिकैको रान्कागुवा अस्पतालमा सार्दा अर्का एक घाइतेको मृत्यु भएको बताइएको छ । "घटनास्थलमा पुग्दा करिब ११ जना घाइते थिए। हामीले घटनास्थलमा आठ जनाको मृत्यु भएको र तीन जनाको अवस्था गम्भीर रहेको ," प्युमो फायर ब्रिगेडका कप्तान लुइस मालडोनाडोले जानकारी दिएका छन् ।
चिलीको श्रम निर्देशनालयले घटनाको छानबिन गर्ने जानकारी दिएको छ।