मस्कोमा भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु २१ घाइते

<span class='c1'>मस्कोमा भएको बस दुर्घटनामा पाँच</span> <span class='c2'>जनाको मृत्यु २१ घाइते</span>

मस्कोको दक्षिणी भागमा आइतबार बिहान भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएको रुसी अधिकारीहरूले बताएका छन्।

रुसको फेडरल रोड ट्राफिक इन्स्पेक्शन एजेन्सीले रियाजान क्षेत्रमा स्थानीय समय अनुसार बिहान ५:४५ बजे (०२४५ GMT) दुर्घटना भएको बताएको छ ।

"दुर्घटनाको परिणाम स्वरूप पाँच जनाको मृत्यु भयो भने २१ जना घाइते भए," एजेन्सीले टेलिग्राममा उल्लेख गरेको छ । एजेन्सीका अनुसार बस रेलमार्गको पुलको पिलरमा ठोक्किएको हुन सक्छ । दुर्घटना मस्कोबाट २७० किलोमिटर (१७० माइल) दक्षिणमा पर्ने भोस्लेबोभो गाउँ नजिकै राजमार्गमा भएको एजेन्सीले जनाएको छ ।

अधिकारीहरुका अनुसार बसमा जम्मा ४९ जना यात्रु सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्