रुस र टर्कीका राष्ट्रपतिबीच फोनवार्ता

<span class='c1'>रुस र टर्कीका</span> <span class='c2'>राष्ट्रपतिबीच फोनवार्ता</span>

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानबीच आइतबार फोनवार्ता भएको छ ।

उहाँहरुका बीचमा आइतबार फोनमा वार्ता भएको समाचारमा जनाइएको छ । टर्कीका राष्ट्रपतिको कार्यालयले जनाएअनुसार उहाँहरुका बीचमा द्धिपक्षी सम्बन्धको विकास गर्नुका साथै क्षेत्रीय विकासका विभिन्न क्षेत्रमा आपसमा सहकार्य गरी अघि बढ्ने सहमति भएको छ । त्यस अवसरमा उहाँले द्धिपक्षीय हितका अतिरिक्त सिरिया र लिबियाका बारेमा पनि कुराकानी गर्नुभएको थियो । यस अवसरमा उहाँहरुले संयुक्त सैन्य अभ्यास र सहयोगको आदानप्रदानका बारेमा पनि कुराकानी गर्नुभएको टर्कीका राष्ट्रपतिको कार्यालयले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

पछिल्लो समयमा युक्रेनसँगको रुसको सम्बन्ध एवं अन्य सैन्य गतिविधिहरुका बारेमा पनि उहाँहरुका बीचमा कुराकानी भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्