भारतमा थप एक लाख ७९ हजारभन्दा बढी कोरोना सङ्क्रमित,ओमिक्रोनका सङ्क्रमति चार हजार ३३ पुग्यो

<span class='c1'>भारतमा थप एक लाख ७९ हजारभन्दा बढी</span> <span class='c2'>कोरोना सङ्क्रमित,ओमिक्रोनका सङ्क्रमति चार हजार ३३ पुग्यो</span>

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ७९ हजार ७२३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म तीन करोड ५५ लाख २८ हजार भन्दा बढी सङ्क्रमित भएका छन् ।

हाल यहाँ चार हजार ३३ जना ओमिक्रोनका सङ्क्रमित रहेका पनि सो मन्न्त्रालयले सोमबार जानकारी दिएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या सात लाख २३ हजार ६१९ रहेका छन् । गएको २४ घण्टामा भारतमा ४६ हजार ५६९ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४५ लाख १७२ जनालाई कोरोना सङ्क्रमण निको भएको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९६.६२ प्रतिशत रहेको जनाइएको छ ।

सोही अवधिमा थप १४६ को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८३ हजार ९३६ जना पुगेको मन्त्रालयले थप जानकारी दिएको छ ।

कोरोना सुरु भएदेखि हालसम्म ६९ करोड १५ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५१ करोड ९४ लाख ५ हजारभन्दा बढी डोज खोप लगाइएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्