सन् २००२ को बालीमा भएको बम हमलाको आरोपमा १५ वर्षको जेल सजाय

<span class='c1'>सन् २००२ को बालीमा भएको बम</span> <span class='c2'>हमलाको आरोपमा १५ वर्षको जेल सजाय</span>

इन्डोनेसियाको एउटा अदालतले बालीको रिसोर्ट टापुमा सन् २००२ मा भएको बम विष्फोटमा भूमिका खेलेको आरोपमा बुधबार अल–कायदासँग सम्बन्धित इस्लामवादी लडाकूलाई १५ वर्षको जेल सजाय सुनाएको छ ।

संयुक्त राज्य अमेरिकामा ९/११ आक्रमणको एक वर्षपछि इन्डोनेसियाको बालीमा विदेशी पर्यटकहरूले खचाखच भरिएका रिसोर्ट टापूमा भएको हमला इन्डोनेसियाको इतिहासमा सबैभन्दा घातक आतंकवादी हमला बनेको थियो ।

जेमाह इस्लामियाह आतंकवादी समूहका उच्च पदस्थ सदस्य जुल्कर्नाइनलाई लगभग १८ वर्ष फरार रहेपछि डिसेम्बर सन् २०२० मा पक्राउ गरिएको थियो । उनी बाली बम विष्फोटका साथै उनको कमाण्डमा रहेको विशेष एकाईले गरेका अन्य धेरै आक्रमणहरूको लागि मुद्दा चलिरहेको थियो । उनलाई १५ वर्षको जेल सजाय सुनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्