संयुक्त राष्ट्रसंघद्वारा अफगानिस्तानलाई ३२ मिलियन अमेरिकी डलर सहायता प्रदान

<span class='c1'>संयुक्त राष्ट्रसंघद्वारा अफगानिस्तानलाई ३२ मिलियन</span> <span class='c2'>अमेरिकी डलर सहायता प्रदान</span>

संयुक्त राष्ट्रसंघले बिहीबार अफगानिस्तानलाई ३२ मिलियन अमेरिकी डलर नगद प्रदान गरेको छ । सो रकम अफगानिस्तान इन्टरनेशनल बैंक (एआईबी) लाई हस्तान्तरण गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

अफगानिस्तानको केन्द्रीय बैंक–दा अफगानिस्तान बैंकले अफगानिस्तानलाई संयुक्त राष्ट्र संघको सहायता जारी रहेको र उनीहरूले अमेरिकी डलर ३२ मिलियन नगद प्राप्त गरेको खामा प्रेसले जनाएको छ । सो रकम अफगानिस्तानलाई मार्च २०२२ सम्म साप्ताहिक रूपमा २ करोड अमेरिकी डलर उपलब्ध गराउने प्रक्रियाको एक हिस्सा हो ।

तालिबानले अगस्ट १५ मा काबुललाई आफ्नो नियन्त्रणमा लिएपछि देश आर्थिक, मानवीय र सुरक्षा सङ्कटमा गहिरिँदै गएको छ ।

विदेशी सहायताको निलम्बन, अफगान सरकारको सम्पत्ति रोक्का गर्ने र तालिबानमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्धको संयोजनले पहिले नै उच्च गरिबीको स्तरबाट पीडित देशलाई हाल झन् गहिरो आर्थिक सङ्कटमा डुबाएको छ ।

सरकारदेखि गैरसरकारी संस्थासम्म अन्तर्राष्ट्रिय समुदायले अफगान जनतालाई विभिन्न किसिमका सहयोग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्