इटहरीमा क्याम्पस पढ्ने दलित समुदायका विद्यार्थीलाई प्रोत्साहन भत्ता

<span class='c1'>इटहरीमा क्याम्पस पढ्ने दलित</span> <span class='c2'>समुदायका विद्यार्थीलाई प्रोत्साहन भत्ता</span>

इटहरी । इटहरी उप–महानगरपालिकाले क्याम्पस पढने दलित समूदायका विद्यार्थीहरुलाई दलित विद्यार्थी शैक्षिक प्रोत्साहन प्रदान गरेको छ ।

इटहरी उप–महानगरपालिकाकी उप–प्रमुख लक्ष्मी गौतमले प्रति विद्यार्थी २ हजार ४ सयका दरले आईतबार ३८ जना विद्यार्थीलाई प्रोत्साहन प्रदान गर्नुभयो । उपमहानगरपालिकाले ६१ जना दलित विद्यार्थीका लागि एक लाख पचास हजार प्रोत्साहन रकम प्रदान गर्ने कार्यक्रम अन्र्तगत आज ३८ जनालाई प्रदान गरिएको हो । अन्यलाई अर्को दिन प्रदान गरिने वताइएको छ । दलित समूदायका विद्यार्थीलाई उच्च शिक्षा अध्यनका लागि प्रोत्साहन प्रदान गरिने उपप्रमुख गौतमले वताउनुभयो । यो वर्ष ६१ जना विद्यार्थीले प्रोत्साहनका लागि आवेदन दिएका थिए ।

उपप्रमुख गौतमले उपमहानगरपालिकाले निशूल्क संचालन गर्ने लोकसेवा तयारी कक्षामा भाग लिन समेत विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्