भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

<span class='c1'>भारतमा दैनिक सङ्क्रमितको</span> <span class='c2'>सङ्ख्यामा फेरि वृद्धि</span>

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ ।

बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार ३८४ जना नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसै समयमा भारतमा कोरोना सङ्क्रमणबाट ५७३ जनाको मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म ४ लाख ९१ हजार ७०० व्यक्तिको मृत्यु भएको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या २२ लाख २ हजार ४७२ रहेको छ ।

कुल सङ्क्रमितहरु मध्ये ९३.२३ प्रतिशत अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेका छन् । तीमध्ये तीन लाख ६ हजार ३५७ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएदेखि हालसम्म सङ्क्रमण मुक्त हुनेको सङ्ख्या तीन करोड ७६ लाख ७७ हजार ३२८ पुगेको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्