विराटनगरको बसपार्कमा निशुल्क मास्क र सेनिटाईजर वितरण

<span class='c1'>विराटनगरको बसपार्कमा निशुल्क मास्क</span> <span class='c2'>र सेनिटाईजर वितरण</span>

विराटनगर । कोरोना माहामारीको समयमा पुर्वाअञ्चल चालक तथा परिचालक सेवा प्रवद्र्धन केन्द्रले आमसर्वसाधरणलाई निशुल्क मास्क र सेनिटाईजर वितरण गर्दै आएको छ ।

पुर्वाअञ्चल चालक तथा परिचालक सेवा केन्द्रले विराटनगर बसपार्कमा मास्क नलगाई हिड्ने आम सर्वसाधरण , चालक , परिचालक तथा यात्रुहरुलाई मास्क वितरण गर्दै आएको हो ।
‘आफ्नो सुरक्षा आफै गरौ’ भन्ने मुल नारा सहित कोभिड १९ को माहामारीलाई मध्यनजर गर्दै सेवा केन्द्रले आमसर्वसाधरणदेखी सिटी सवारी चालक र यात्रुहरुलाई मास्क र सेनिटाईजर वितरण गरिएको सेवा केन्द्रका जिवन आले मगरले जानकारी दिए ।

बसपार्कमा मास्क नलगाई हिड्डुल गर्नेहरुलाई कोरोना माहामारीबाट रोकथाम तथा न्युनिकरणमा थप मदत पुगोस भनेर स्वास्थ्य सामाग्री वितरण गरिएको आलेले बताउनुभयो । यो अभियान निरन्तर रहने समेत पुर्वाञ्चल चालक तथा परिचालक सेवा केन्द्र विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्