ऊर्जा मन्त्री भुसालसँग अष्ट्रेलियाली राजदूतको भेट

<span class='c1'>ऊर्जा मन्त्री भुसालसँग</span> <span class='c2'>अष्ट्रेलियाली राजदूतको भेट</span>

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी जान भोल्कले शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्रालयमा आज उहाँहरूबीच भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको हो ।

सो अवसरमा मन्त्री भुसालले अष्ट्रेलियासँगको साझेदारीलाई नेपालले उच्च महत्व दिएको उल्लेख गर्दै सन् १९६० देखिको द्विपक्षीय घनिष्ट, सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धलाई अझ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वले सामना गरिरहेको महामारी र जलवायु परिवर्तनका चुनौति बढ्दै गएकाले आपसी सहकार्य पहिलाभन्दा अझ बढी आवश्यक रहेको उल्लेख गर्नुभयो ।

नेपाल–अस्ष्ट्रेलिया साझेदारीलाई थप सुदृढ बनाउन राजदूतले निर्वाह गर्नुभएको भूमिकको प्रशंसा गर्दै मन्त्री भुसालले नेपालको आर्थिक तथा सामाजिक विकासमा अस्ष्ट्रेलियाले पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

राजदूत भोल्कले नेपालको आर्थिक तथा मानवीय क्षमता अभिवृद्धिका लागि अष्ट्रेलिया सरकारले निरन्तर सहयोग गर्ने विश्वास दिलाउनुभयो । भेटका क्रममा उहाँले जलस्रोत र नवीकरणीय ऊर्जा प्रवद्र्धनमा पनि सहयोग गर्न इच्छुक रहेको उल्लेख गर्नुभयो । राजदूत भोल्कले विद्युतीय सवारी साधन प्रवद्र्धन गर्न र जलस्रोतका क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न चाहेको बताउनुभयो । उहाँले जल तथा ऊर्जा आयोगको सचिवालयसँग सहकार्य गरी कमला बेसिनमा काम गरिरहेको उल्लेख गर्दै त्यसलाई थप प्रभावकारी बनाएर अगाडि बढाइने बताउनुभयो ।

जलस्रोत व्यवस्थापनमा सहकार्य गर्नका लागि नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अस्ष्ट्रेलियाको ‘कमनवेल्थ साइन्टिफीक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन’ CSIRO बीच सन् २०१७ मा समझादारी भएको थियो । सो सम्झौताअनुसार CSIRO र जल तथा ऊर्जा आयोगको सविचालयको साझेदारीमा कमला बेसिनको अवस्थाबारे अध्ययन गरी रणनीति बनाएर कार्यान्वयनमा लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्