विराटनगर ४ दिने लैङ्गिक हिंसा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सुरु

<span class='c1'>विराटनगर ४ दिने लैङ्गिक हिंसा</span> <span class='c2'>सम्बन्धी जनचेतनामुलक कार्यक्रम सुरु</span>

विराटनगर । विराटनगरमा महिला तथा बालबालिकाहरुका लागि ४ दिने लैङ्गिक हिंसा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सुरु भएको छ ।

लैङ्गिक हिंसाका घटनाहरु न्युनीकरण गर्ने उद्देश्यका साथ सोमबारबाट उक्त कार्यक्रम सुरु भएको हो । सोमबार विराटनगर–६ स्थित जनचेतना आधारभुत विद्यालयमा कार्यक्रमको औपचारिक उद्घाटन गरिएको छ । सामाजिक नेपालले आयोजना गरेको उक्त कार्यक्रममा सहभागी महिला तथा बालबालिकाहरुलाई मोरङमा लैङ्गिक हिंसाको अवस्था र रोकथामका उपायबारे जानकारी गराईएको थियो ।

कार्यक्रममा बोल्दै आयोजक संस्थाकी सचिव कला डाँगीले महिला हिंसा अन्त्य र महिला अधिकारको पक्षमा काम गर्न आयोजित कार्यक्रमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताईन् । उनीले महिला हिंसा अन्त्य गर्न सर्वप्रथम महिलाहरु स्वयंम सचेत हुनुपर्ने बिषयमा जोड दिईन् ।

सोमबारबाट सुरु भएको कार्यक्रम बुधबार सम्पन्न हुनेछ । सामाजिक नेपालले आयोजना गरेको सो कार्यक्रमलाई विराटनगर महानगरपालिका वडा नं. ६ ले आर्थिक सहयोग गरेको छ । कार्यक्रममा वडा नंं. ६ का २० जना महिलाहरुको सहभागिता रहने जनाईएको छ ।

सोमबारको कार्यक्रममा भने वडा नं. ६ का अध्यक्ष विजय कामत, सामाजिक नेपालका अध्यक्ष चेतन खड्का, वडा सदस्य सन्तोष शाह, चम्पा कार्की र बुद्धिजीवी तथा समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्