सोनाम ल्होसार र न्वागी पर्वमा बागमती प्रदेश सरकारले दियो सार्वजनिक बिदा

<span class='c1'>सोनाम ल्होसार र न्वागी पर्वमा बागमती</span> <span class='c2'>प्रदेश सरकारले दियो सार्वजनिक बिदा</span>

हेटौँडा । बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सोनाम ल्होछार र न्वागी पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

तामाङ समुदायले मनाउने विशेष पर्व सोनाम ल्होसार र चेपाङ समुदायले मनाउने मुख्य पर्व न्वागीको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय भएको सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिनुभयो ।

उहाँको अनुसार ल्होसारमा प्रदेशको १३ वटै जिल्ला र न्वागीमा चेपाङ समुदायको बसोबास रहेको मकवानपुर, चितवन र धादिङ जिल्लामा मात्र सार्वजनिक बिदा दिने निर्णय भएको हो । त्यसैगरी मकवानपुरको बागमती गाउँपालिका, राक्सिराङ गाउँपालिका र बकैया गाउँपालिकाले पनि सूचना जारी गर्दै ल्होसारको अवसरमा पालिकाभर सार्वजनिक बिदा दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्