विराटनगरको आर्या न्युरो हस्पिटलको अर्को सफलता जसले पाए नयाँ जिवन

<span class='c1'>विराटनगरको आर्या न्युरो हस्पिटलको अर्को</span> <span class='c2'>सफलता जसले पाए नयाँ जिवन</span>

विराटनगर । विराटनगर ३ कंचनबारीमा रहेको आर्या न्युरो हस्पिटलले एक १२ बर्षिया बालकको ब्रेन ट्यूमरको सफल शल्यक्रिया गरेको छ ।
झापा दमक ९ घर भएका १२ वर्षीय अमूल्य सिवाकोटीको अस्पतालले सफलताका साथ शलयक्रिया गरेको जनाएको छ ।


अस्पताल संचालनमा आएको यो नै पहिलो ब्रेन ट्युमरको सफल शल्यक्रिया रहेको अस्पतालले जनाएको छ ।
अमुल्यलाई सुरुमा टाउको दुख्ने , वान्ता हुने रिंगटा लाग्ने र खाना नरुच्ने जस्ता लक्षणदेखेपछि झापाको विभिन्न अस्पतालमा लगेका थिए । तर अस्पताललहरुले सामान्य विरामी भन्दै घर पठाईदिएका थियो ।
यता बालकलाई निरन्तर सोही लक्षण देखिरहेपछि विर्तामोडमा रहेको एक अस्पतालमा एमआरआई गरेएका थिए । एमआरआईको रिर्पोटमा भने ब्रेन ट्यूमर भएको थाहापाएपछि गत पुष २८ मा आर्या अस्पतालमा भर्ना गराए ।
अस्पतालका वरिष्ठ न्युरो सर्जन डाक्टर पङ्कजराज नेपालको टिमले १० घण्टा लगाएर शल्यक्रिया गरेको थियो । शल्यक्रिया गरेको दुई साता अस्पताल बसेका अमूल्यलाई सोमबार डिस्चार्ज गरेको छ ।
झापा कै विभिन्न अस्पतालहरुले अमुल्यका परिवारलाई ब्रेन ट्यूमरको शल्यक्रिय गर्न दवाव दिएका थिए । तर आफुहरुले विराटनगरमा रहेको आर्या हस्टिलका चिकित्सको बारे थाहा पाएपछि आफुहरु आएको अमुल्यका बुबा मोहन कुमार शिवाकोटीले बताए । ‘अरु ठाँउमा असम्भव भएको विरामीलाई आज अस्पतालका चिकित्सकले यसरी निको बनाईदिएका छन् हामी धेरै नै खुशी छौ अमुल्यका बुबा मोहनले भने ।’
अस्पतालको उपचारबाट आफूहरू सन्तुष्ट भएको अमुल्यकी आमा यमुनाले बताईन् । अस्पताल नयाँ भए पनि अनुभवी चिकित्सकबाट स्तरीय उपचार पाएको बताउनुभयो । अस्पतालका चिकित्सकले अभिभावक जस्तै गरेर मेरो छोराको ज्यान बचाईदिएको छन् हामी धेरै नै खुशी छौ ।
उपचारबाट स्वास्थ्यमा सुधार भएपछि बालकलाई डिस्चार्ज गरिएको डा. नेपालले बताउनुभयो । बालकमा देखिएको ट्युमर निकै ठुलो रहेको र अस्पताल ल्याउँदा बच्चाको अवस्था निकै गम्भीर भएको बताउनुभयो ।
अस्पताल ल्याउँदा मस्तिष्कमा पानीको बाटो फुलेको र दिमागको चाप बढेको हुनाले तत्काल शल्यक्रिया गर्नुपरेको उहाँले बताउनुभयो । बालकको टाउकोमा बाटो थुनिएर दिमागको चाप बढ्दै गएको र अवस्था छिटो बिग्रिँदै गएका कारण तत्काल शल्यक्रिया गरेको डाक्टर नेपालले बताउनुभयो ।

ट्युमरमा दिमागका मुख्य नसाहरू टाँसिएको हुनाले जोगाउन शल्यक्रिया गर्न लामो समय लागेको उहाँले बताउनुभयो । डाक्टर नेपालले १० घन्टा बढी समय लगाएर टाउकोको एक एक नशालाई अलग अलग पारेर अमुल्यको ब्रेन ट्युमर झिक्न सफल भएको डाक्टर नेपालले बताउनुभयो ।
शल्यक्रिया गरेको दुई सातामै बच्चा मजाले हिँड्ने भएको त्योसंगै शरीरको ब्यालेन्स राम्रो भएको र स्वास्थ्यमा एकदम राम्रो सुधार देखिएको छ । आर्या अस्पतालमा यसअघि पनि धेरै नै जटिल र दुर्लभ किसिमका विरामीहरुको सफल उपचार गरिसकेको अस्पतालको संचालनक दिनेश ठाकुरले बताउनभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्