विराटनगरमा जारी जुत्ता चप्पल मेलामा ग्राहकलाई जुत्ता किन्दा चप्पल फ्रि

<span class='c1'>विराटनगरमा जारी जुत्ता चप्पल मेलामा</span> <span class='c2'>ग्राहकलाई जुत्ता किन्दा चप्पल फ्रि</span>

विराटनगर । विराटनगरको भाटभटेनी दक्षिण सुपरमार्केटमा जारी जुत्ता चप्पल मेलामा ग्राहकहरुलाई अफरै अफर दिएको छ । ‘मेरो देश मेरै उत्पादन’ भन्ने अभियानलाई सार्थक बनाउन नेपालका ब्राण्डेड जुत्ता चप्पल कम्पनीहरुले गत पुस २ गते विराटनगरमा जारी विन्टर फुटवेर मेला आयोजना गरेको छ ।


मेलामा हालै कम्पनीहरुले नयाँ नयाँ डिजाईनका जुत्ता चप्पलहरुमा १० देखी ६० प्रतिशत सम्म छुटको व्यावस्था गरेको छ । त्यो संगै हाईलाईफ कम्पनीले ११ सय भन्दा माथीको जुत्ताको खरिदमा एक जोर चप्पल सित्तैमा प्रदान गर्ने गरेको छ । त्यसैगरी १९५० को जुत्तालाई १६५० मा ७ सयमा २ जोर चप्पल दिने गरेको हाईलाईफ कम्पनीले जनाएको छ ।


‘स्वदेशी उत्पादन नै प्रयोग गरौं’ भनेर उपभोक्तालाई जागरुक बनाउन अहिले विराटनगरको भाटभटेनी छेउ सुपर मार्केटमा नाम चलेका ३ वटा जुत्ताचप्पल कम्पनीका स्टल राखिएका छन् । महाउत्सवमा अहिले युनाइटेड लेदर, शिखर सुज र हाइलाइफका १५ सय भन्दा बढी डिजाइनका जुत्ताचप्पल प्रर्दशनीमा राखिएको छ ।


यता शिखर सुजले पनि ४ हजारको जुत्ता ३२ सयमा मा उपलब्ध गराउने गरेको छ । त्यसैगरी स्र्पोट सुजको खरिदमा सित्तैमा मोजा दिने गरेको शिखर सुजकी प्रतिनिधी उषा भण्डारीले जानकारी दिईन् । मेला भित्र रहेको अर्काे युनाईटेड लेदरले पनि भर्खरै नयाँ नयाँ डिजाईनका जुत्ता चप्पलहरु ल्याएको छ । युनाईटेड कम्पनीले ४९९९को जुत्ता लेदरको बुटलाई ५० प्रतिशत छुट गर्दै २५०० मा नै दिने गरेको छ । मेला आगामी माघ २९ सम्म मात्र जारी रहने आयोजकले जनाएको छ । मेलामा आउने ग्राहकहरुको लागी अनिवार्य स्वास्थ्य मापदण्डका कुरालाई ख्यालमा राखेर भित्र मेलामा प्रवेश गर्ने व्यावस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्