विराटनगर । जनमत पार्टीले मोरङले विराटनगरमा किसान आन्दोलनलाई बल दिनेगरी विरोध प्रर्दशन गरेको छ । विराटनगरको महेन्द्रचौकमा बुधबार साँझ भेला मसाल जुलस सहित विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
किसानको माग पुरा गर, किसान आन्दोलनमा दमन बन्द गर जस्ता नारा लगाएका थिए । जनमत पार्टीले किसानलाई राज्यले सधैं वेवास्ता गरेकोले यसपालीको किसान आन्दोलन सफल बनाउन सवैले तह र तप्काका नागरिक उठ्ने पर्ने बताउँदै आएको छ । यसै क्रममा किसानलाई समयमा मलखाद उपलब्ध गराउनु पर्ने, सिँचाईको व्यवस्था वा कृषि विजुली निःशुल्क दिनुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने लगायतका ११ बुँदै माग राख्दै आएको । यसैविच भोली विराटनगरमा सडकमा बसेर सवारीसाधनलाई अवरोध हुने गरी यातायात अवरुद्ध पार्ने कार्यक्रम रहेको जनमत पाटीका कार्यकर्ता विष्णु राजवंशीले जानकारी दिए ।