स्याङ्जामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

<span class='c1'>स्याङ्जामा जीप दुर्घटना हुँदा</span> <span class='c2'>दुई जनाको मृत्यु</span>

स्याङ्जा । आज बिहान स्याङ्जामा भएको जीप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार आज बिहान ८ः३० बजे बिरुवा गाउँपालिका–३ धोबादीमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । बिहान बिरुवाबाट खालीतर्फ जाँदै गरेको ग१ज ५९३९ नंको जीप धोबादीस्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा बिरुवा–३ खालीका २६ वर्षीय बेलबहादुर थापा (चालक) र सोही ठाउँ बस्ने ३२ वर्षीय भेषबहादुर थापाको घटनास्थलमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

जीप सडकबाट झण्डै ५०० मिटर तल खसेको छ । घटनास्थलबाट प्रहरीले शव सङ्कलन गरी शवपरीक्षणका लागि जिल्ला अस्पताल स्याङ्जा पठाएको प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्