विराटनगर । सत्तागठबन्धनमा रहेका दलहरुलाई भागबण्डा पुर्याउन प्रदेश १ सरकारले फेरि मन्त्रालय फुटाएर मन्त्रिमण्डल विस्तार गरेको विरोधमा एमाले निकट विद्यार्थी र युवा संगठनले विरोध जनाउँदै प्रदर्शन गरेका छन् । मन्त्रीहरुको सपथग्रहण कार्यक्रमस्थल प्रदेश प्रमुखको कार्यालय नजिक युवा संघ र अनेरास्ववियुले नाराबाजी गरेका हुन् ।
गत आइतबार मन्त्रालयहरुको संख्या ७ बाट १२ बनाइएकोमा फेरि एक थपेर १३ पुर्याइएको छ । मनलाग्दी प्रदेश सरकारका मन्त्रीहरु थपिएको भन्दै एमालेले संस्थागत रुपमा विरोध गरिसकेको छ । युवा तथा विद्यार्थी संगठनले नवनियुक्त मन्त्रीहरुलाई सपथस्थल जान नदिन भन्दै्र बाटोमा विरोध जनाएका हुन् । उनीहरुको विरोध कार्यक्रम अझैसम्म जारी रहेको छ । आठ जना मन्त्रीहरुको आज शपथ ग्रहण कार्यक्रम छ । आज बिहान ११ बजे शपथ ग्रहण कार्यक्रम राखिएको थियो । तर, थप छलफलका कारण तोकिएको समयमा सपथ भईसकेको छैन ।