बुटवल । बुटवल उपमहानगरपालिका १२ तामनगरमा सोमवार विहान करिव ५ बजे सडक किनारमा रोकिराखेको ट्रकमा कार ठक्कर खाँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाईते भएका छन ।
पश्चिमदेखि पूर्व जाँदै गरेको लु २ ख ९७७२ नम्बरको ट्रक सडक किनारमा रोकिएको थियो । सो ट्रकमा लु ३ च ४४४२ नम्बरको कार ठोक्किँदा सो दुर्घटना भएको हो । घटनामा परी बुटवल १३ का अन्दाजी २८ वर्षिय सविन चौधरी, सोही स्थानकै २७ बर्षीय गोविन्द चौधरी र नवीन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोही स्थानका भागिरथ चौधरी गम्भीर घाइते भएका छन भने बुटवल १२ का अनिश जिसी सामान्य घाइते भएका छन ।
बुटवल उपमहानगरपालिका –१२ स्थित तामनगर नजिक रहेको कोरियन टेक्निकल कलेज अगाडि दुर्घटना भएको इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीका प्रहरी निरिक्षक जीवन लामिछानेले बताउनु भयो ।
दुर्घटनामा परि घाइते दुईजनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।