काठमाडौं । काठमाडौं महानगरपालिका वडा १६ बालाजु बाईपासबाट स्रोत नखुलेको नगद रु.६९ लाख ९९ हजार रुपैयाँ सहित नुवाकोट ककनी गाउँपालिका वडा ३ चाउथे घर भएका २९ वर्षीय नवराज ढुंगानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
घटना बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।