काँग्रेस पदाधिकारीबीच आन्तरिक छलफल हुँदै

<span class='c1'>काँग्रेस पदाधिकारीबीच आन्तरिक</span> <span class='c2'>छलफल हुँदै</span>

काठमाडौं । नेपाली काँग्रेसका पदाधिकारीबीच आज आन्तरिक छलफल हुँदैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा हुन लागेको बैठकमा बिहीबारका लागि तय भएको केन्द्रीय कार्यसम्पादन समिति बैठकका कायसूचीबारे छलफल हुने बताइएको छ ।

मङ्गलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा बाहेकका पदाधिकारीबीच छलफल भएको थियो । केन्द्रीय कार्यसम्पादन समितिको बैठकको तयारी सम्बन्धमा सभापतिको उपस्थितिमा पदाधिकारीबीच आज छलफल हुन लागेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो ।

कार्यसम्पादन बैठकमा म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने कार्यसूचि तय भएको जानकारी पनि उहाँले दिनुभयो ।

काँग्रेसमा हाल सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक प्रवक्ता पदाधिकारी छन् ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्