बालक मृत फेला

<span class='c1'>बालक मृत</span> <span class='c2'>फेला</span>

डोटी । जोरायल गाउँपालिका–१ गोगनपानीमा एक बालक मृत अवस्थामा फेला परेका छन् ।

विवाहबाट घर फर्किरहेका डडेल्धुराको आलिताल गाउँपालिका–१ भुसुका १६ वर्षीय बालक भानु नाथ मृत्तावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यही माघ २३ गते राति बिहेमा गएका नाथ आज गोगनपानी सडक नजिकै मृत अवस्थामा भेटिएका र घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको सह–प्रवक्ता रवीन्द्र चन्दले जानकारी दिनुभयो ।

बालक मृत अवस्थामा भेटिएपछि स्थानीयवासीले अहिले अत्तरिया स्याउले जोड्ने भीमदत्तराजमार्ग अवरुद्ध पारेका छन् । उक्त घटनाको छानबिन गर्न भन्दै राजमार्ग बन्द गरिएको स्थानीयवासी कमलबहादुर डाँगीले जानकारी दिनुभयो । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका दजर्नौँ यातायातका साधन गोगनपानीमा जाममा परेका छन् ।

फोटो: साङ्केतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्