विराटनगरमा जारी जुत्ताचप्पल मेला अब केही दिन मात्र

<span class='c1'>विराटनगरमा जारी जुत्ताचप्पल मेला</span> <span class='c2'>अब केही दिन मात्र</span>

विराटनगर । विराटनगरमा जारी जुत्ताचप्पल मेला अबको केहीदिन मात्र संचालन हुने भएको छ । गत पुष २ गतेबाट विराटनगर भाटभटेनी छेउ सुपर मार्केटमा जारी मेला आगामी माघ २९ गते सम्म मात्र लाग्ने मेला आयोजकले जनाएको छ ।

‘मेरो देश मेरै उत्पादन’ भन्ने अभियानलाई सार्थक बनाउन नेपालका ब्राण्डेड जुत्ता चप्पल कम्पनीहरुले विराटनगरमा जारी विन्टर मेलामा १० देखी ६० प्रतिशत सम्म छुटको व्यवस्था गरेको छ ।

‘स्वदेशी उत्पादन नै प्रयोग गरौं’ भनेर उपभोक्तालाई जागरुक बनाउन अहिले विराटनगरको भाटभटेनी छेउ सुपर मार्केटमा नाम चलेका ३ वटा जुत्ताचप्पल कम्पनीका स्टल राखिएका छन् । महाउत्सवमा अहिले युनाइटेड लेदर, शिखर सुज र हाइलाइफका १५ सय भन्दा बढी डिजाइनका जुत्ताचप्पल प्रर्दशनीमा राखिएको मेला आयोजक समितिले जनाएको छ ।

मेलामा भर्खरै नयाँ नयाँ डिजाईनको जुत्ताचप्पल समेत ल्याएको ल्याएको छ । दैनिकी ५ सयदेखी ८ सय जोर जुत्ता चप्पल बिक्री हुने गरेको मेलाआयोजक समितिले जनाएको छ । मेलामा ग्राहकहरुलाई स्वास्थ्य मापदण्डका कुरामा ख्याल गर्दै जुत्ता चप्पल मेला आगामी माघ २९ गते सम्म मात्र मेला जारी रहने मेला आयोजक समितिका एक सदस्य रागव विहानीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्