विराटनगर १४ बाट एक लाख बढी रकम सहित ६ जना जुवाडे पक्राउ

<span class='c1'>विराटनगर १४ बाट एक लाख बढी</span> <span class='c2'>रकम सहित ६ जना जुवाडे पक्राउ</span>

विराटनगर । मोरङ प्रहरीले ठुलो रकम सहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालीका वडा नम्बर १४ बाट तास खेलिरहेको अवस्थामा शनिबार ६ जना जुवाडेलाई नगद सहित पक्राउ गरेको हो ।


ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले नेपाली नगद रू.१,०९,७००।–, भारतीय नगद रू. १२०९०।– सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरुमा विराटनगर १४ का सुबोध यादव, प्रकाश यादव, मुकेश यादव, महानन्द यादव, दिना यादव, र केशल यादव रहेका छन् । प्रक्राउ परेका सबैलाई
जुवा कसूरमा  ५  दिन म्याद थप भई थप अनुसन्धान कार्य भई रहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्