विराटनगरमा एमालेको ‘म मेरो वडा जिताउँछु’ अभियान

<span class='c1'>विराटनगरमा एमालेको ‘म मेरो</span> <span class='c2'>वडा जिताउँछु’ अभियान</span>

विराटनगर । नेकपा एमालेले विराटनगर महानगरपालिकामा ‘म मेरो वडा जिताउँछु’ अभियान सञ्चालन गर्ने भएको छ । बैसाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै एमालेले दोस्रो चरणको अभियान घोषणा गरेको हो ।
नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाको अध्यक्षतामा मंगलबार बसेको विस्तारीत बैठकले ‘जनतासँग एमाले’ अभियानको समापन गर्दै अर्को अभियानको घोषणा गरेको हो ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य गुरु बरालको प्रमुख आतिथ्यतामा बसेको बैठकमा एमालेका केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज विनोद ढकाल, केन्द्रीय सदस्य जीवन घिमिरे, रामलाल साह, एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेल सहित विराटनगरमा रहने केन्द्रीय, प्रदेश र जिल्ला कमिटीका नेताहरुको उपस्थिती रहेको थियो ।
बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा व्यक्ति केन्द्रित नभई पार्टी केन्द्रित भएर चुनावी अभियानमा लाग्न निर्देशित गरेको अध्यक्ष सागर थापाले बताउनुभयो । हरेक तहका नेताले आफ्नो वडालाई जिताउन भूमिका निर्वाह गर्नुपर्ने दायित्व बोध गराउँदै अभियानको घोषणा गरेको हो ।

यस्तै बैठकले महानगरकमिटी अध्यक्षको संयोजकत्वमा प्रदेश कमिटी सदस्यहरु, महानगरमा भएका जिल्ला कमिटीका पदाधिकारी, महानगर कमिटीका पदाधिकारी सम्मिलित संगठन ब्यवस्थापन समन्वय समिति समेत निर्माण गरेको छ । उक्त समितिलाई फागुन १५ भित्र संगठन ब्यवस्थापनको काम सम्पन्न गर्न निर्देशन गरेको छ ।
बैठकमा बोल्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य गुरु बरालले नेकपा एमालेले देश र जनताका लागि अहिलेसम्म गरेका कामहरुलाई जनताका माझमा लैजान आवश्यक रहेको बताउनुभएको छ । उहाँले विराटनगर महानगरपालिकामा पनि वर्तमान नेतृत्वले केहि काम गर्न नसकेको भन्दै जति काम भएका छन् एमालेका जनप्रतिनिधीले योजनाले मात्र भएको बताउनुभएको छ ।
उहाँले भन्नुभयो,‘ ध्रुवनारायण प्रधान र रमेशचन्द्र पौडेलले बनाएको योजना, कायम राखेको अन्तर्राष्ट्रिय सम्बन्ध र उहाँहरुकै परिकल्पनामा रहेर काम भएका छन् ।’

त्यसका अतिरिक्त संघीय सरकारको शहरी विकास कोषको बजेटबाट भएको सडक निर्माणका कामलाई आफुले गरे भनेर जस मात्रै लिने काम भएको बताउनुभएको छ । उहाँले देश र जनताले नेकपा एमालेको नेतृत्व चाहिरेको भन्दै स्थानीय तहमा भने अनेकन भ्रम छरेर हिड्नसक्ने खतरा रहेकाले त्यसलाई चिर्नेगरि अघि बढ्न निर्देशन दिनुभयो ।
नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकालले सम्पूर्ण नेता कार्यकर्ताले ब्यक्ति प्रधान नभई पार्टीलाई प्रधान मानेर अघि बढ्न निर्देशन दिनुभयो । उहाँले कुनै पनि समस्या भए तत्काल समस्या हल गर्नका लागि चिया खाने निम्ता एकले अर्कोलाई दिन समेत आग्रह गर्नुभयो ।
बैठकमा विराटनगरका १९ वटै वडाका अध्यक्षहरुले पार्टीका गतिविधिहरुको बारेमा ब्रिफिङ गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्