सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको अभियोगमा पक्राउ

<span class='c1'>सामाजिक सञ्जाल मार्फत चरित्र</span> <span class='c2'>हत्या गरेको अभियोगमा पक्राउ</span>

काठमाडौं । विदेशमा अध्ययनरत नेपाली युवतीको सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको अभियोगमा रुपन्देही बुटवल उपमहानगरपालिका-११ देवीनगर बस्ने २५ वर्षीय एलिस भन्ने राजन श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

अध्ययनको शिलशिलामा अष्ट्रेलियामा रहेकी नेपाली युवतीको सामाजिक सञ्चाल फेसबुकमा फेक प्रोफाइल बनाई अश्लित तस्वीर र भिडियो पोष्ट गरी अश्लिल स्टाटस लेखी पीडितका आफन्त लगायत साथीहरूलाई सेयर गरी चरित्र हत्या गर्ने कार्यमा संलग्न राजनलाई प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्