लागूऔषध सहित ३ जना पक्राउ

<span class='c1'>लागूऔषध सहित ३</span> <span class='c2'>जना पक्राउ</span>

काठमाडौं । चन्द्रागिरी नगरपालिका वडा २ नागढुङ्गाबाट पर्सा वीरगञ्ज महानगरपालिका वडा २४ बस्ने २४ वर्षीय सागर पटेललाई नियन्त्रित लागूऔषध २ सय ४६ एम्पुल डाईजेपाम, २ सय ४६ एम्पुल फेनारगन र २ सय ४६ एम्पुल नुर्फिन सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ५०१७ नम्बरको बसलाई नागढुङ्गास्थित चेक प्वाईन्टमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

अर्घाखाँची, सन्धिखर्क नगरपालिका वडा १ गुण्टेखोलाबाट सोही नगरपालिका वडा १ बस्ने २९ वर्षीय भुवन भुषाललाई ५ सय मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । शंकास्पद रुपमा हिँडिरहेका भुवनलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका वडा १२ एयरपोर्ट नजिकबाट सोही ठाउँ बस्ने ३१ वर्षीय चन्द्र बहादुर रानालाई करिब २ ग्राम २ सय ८० मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । शंकास्पद रुपमा हिँडिरहेका चन्द्र बहादुरलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्