विराटनगर । ओमानमा जारी टी-२० विश्वकप ग्लाेवल क्वालिफायर अन्तर्गत नेपालले पहिलाे खेलमा विजय भएको छ ।
नेपालले घरेलु टाेली ओमानलाई ३९ रनले पराजित गरेको हो । नेपालले दिएकाे १ सय १८ रनकाे लक्ष्य पछ्याएकाे ओमान १७ ओभरमा ७१ रनमै अलआउट भयाे ।ओमानका लागि नासिम खुसीले २४ रन बनाउनुबाहेक अरुले दोहोरो रन बनाउन सकेनन् । जतिन्दर सिंह ९, खवार अलि ७, कल्लिमुह ५, आएन खान ३, कप्तान जिसन मक्सुद २ रनमा आउट भए ।
नेपालका लागि कप्तान कमल सिंह ऐरी ३ विकेट, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान २ विकेट तथा अविनाश बोहरा र जितेन्द्र मुखियाले १/१ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर ११७ रन बनाएको थियो ।नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाए ।
आसिफ शेख पहिलो ओभरमै ४ रनको व्यक्तिगत स्कोरमा आउट भए । तेस्रो ओभरमा अर्का ओपनर कुशल भुर्तेल पनि ५ रनको स्कोरमा आउट भए । दुवैलाई ओमानका तीव्र बलर विलाल खानले क्याच आउट गराएका हुन् ।
ज्ञानेन्द्र मल्लले १५ रन, दीपेन्द्रसिंह ऐरीले ११, लोकेश बम १६, विवेक यादवले ७ रन जोडे । कप्तान सन्दीप लामिछाने १६ रनमा अविजित रहे ।
भोलि शनिबार नेपालले फिलिपिन्ससंग आफ्नो दोस्रो खेल खेल्ने छ ।