काठमाडौं । तारकेश्वर नगरपालिका वडा ४ पुरानो गुहेश्वरीस्थित मिडप्वाईन्ट रेष्टुरेण्ट एण्ड क्याफेमा तास खेलिरहेको अवस्थामा नुवाकोट लिखु गाउँपालिका वडा ४ घर भई पुरानो गुहेश्वरी बस्ने २८ वर्षीय रोशन गिरी लगायत ११ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त क्याफेमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रू.१ लाख ३३ हजार २ सय ६० रुपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका वडा १० रिजाल चोकस्थित साकुरा रेष्टुरेण्टमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका वडा ४ बस्ने ५६ बर्षीय टुमराज लामिछाने लगायत ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त रेष्टुरेण्टमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रू.१ लाख २ हजार ३ सय ७० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
घटना बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
फोटो:फाइल