विराटनगरबाट प्रतिवन्धित लागुऔषध सहित एक जना पक्राउ

<span class='c1'>विराटनगरबाट प्रतिवन्धित लागुऔषध सहित</span> <span class='c2'>एक जना  पक्राउ</span>

विराटनगर । मोरङको विराटनगर महानगरपालिका वडा १२ स्थितबाट ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटानगर वडा १२ बस्ने कुनाल सिंह रहेका छन । मंगलबार बेलुकी करिब ५ बजे विशेष सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो विराटानगरबाट खटिएको प्रहरी निरीक्षकको टोलीले चेकजाँचको क्रममा सिंहलाई ब्राउन सुगर ३२ ग्राम, डिजिटल तराजु १ थान , को. ३३ प ३३१४ नम्वरको मोटरसाईकल सहित नियण्त्रणमा लिएको हो ।

प्रतिवन्धित ब्राउन सुगर सहित पक्राउ परेका सिंहको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्