सोलुखुम्बु । सोलुखुम्बु खुम्बु पासाङल्हामु गाऊपालिका ४ खुम्जुङ बस्ने पासाङल्हामु शेर्पाको ८ बर्षीया सोनाम छुटिन शेर्पाको घोडाबाट लडेर मृत्यु भएको छ छ ।
उनिसगै सवार रहेकी अर्की बालिका ९ बर्षीया मिङमा कान्छी शेर्पा सामान्य घाईते भएकी छन् । आज बिहान साढे १० बजे उनिहरु मामाको घोडामा चढेर जादै गर्दा खुम्बु पासाङल्हामु गाऊपालिका ३ लासे दोभान स्थितमा हिउमा चिम्लिएर घोडा लड्दा उनिहरु समेत लडि घाईते भएका थिए ।
घाईते मध्ये सोनामको उपचारको लागी लैजादै गर्दा दिउसो १२ बजे बाटैमा मृत्यु भएको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय नाम्चेबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ