स्रोत नखुलेको नगद सहित पक्राउ

<span class='c1'>स्रोत नखुलेको नगद</span> <span class='c2'>सहित पक्राउ</span>

महोत्तरी । मनरासिसवा नगरपालिका-२ कट्टी गाउँस्थित सडकबाट स्रोत नखुलेको नगद रू.९ लाख ५० हजार रूपैयाँ र १ थान मोबाइल सहित भारत सितामढी ग्रामपंचायत सिरसिया थाना बेला-१४ सिरसिया गाउँ बस्ने ३० वर्षीय दिपक कुमार चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एडि ८३४६ नम्बरको मोटरसाइकलाई प्रहरी चौकी इटहर्वाकट्टी र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक चौधरीलाई कम्मरको भागमा बाँधी लुकाई ल्याएको अवस्थामा उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार कार्यालय मलिवारा महोत्तरीमा पठाइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्