टीकापुर विमानस्थल चाँडै सञ्चालनमा आउँछ : मन्त्री आले

<span class='c1'>टीकापुर विमानस्थल चाँडै सञ्चालनमा</span> <span class='c2'>आउँछ : मन्त्री आले</span>

भजनी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले टीकापुर विमानस्थल चाँडै सञ्चालनमा आउने बताउनुभएको छ ।

कैलालीको टीकापुरस्थित विमानस्थलको आज स्थलगत अनुगमन गर्नुहुँदै मन्त्री आलेले चालु आर्थिक वर्षमा विमानस्थलका लागि रु.दुई करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

मन्त्री आलेले टीकापुर विमानस्थल सञ्चालनमा ल्याएरै छाड्ने बताउनुभयो । “विमानस्थलको अध्ययन समितिले सर्वे गरेको छ । अध्ययन समितिको प्रतिवेदनका आधारमा पुरानै विमानस्थल सञ्चालनमा ल्याउने वा अन्य क्षेत्रमा नयाँ विमानस्थलका लागि संरचना तयार गर्ने भन्ने कुरा प्रतिवेदन आइसकेपछि थाहा हुन्छ”, उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमै विमानस्थल निर्माणको काम सुरु हुन्छ । त्यसलाई बहुवर्षीय आयोजनाका रुपमा राखेर काम गर्न सकिन्छ ।” उहाँले पर्यटन क्षेत्रसँग जोडिएकाले पनि टीकापुरमा विमानस्थल अपरिहार्य रहेको बताउनुभयो ।

“पर्यटकीय दृष्टिकोणले पनि टीकापुर लोकप्रिय छ । यहाँ धेरै सम्भावना छन् । ती सम्भावनासँग हवाई माध्यमको पहुँचका लागि हामी प्रतिबद्ध छौँ”, मन्त्री आलेले भन्नुभयो, “विमानस्थल सञ्चालनमा आउनसके पर्यटन क्षेत्र आफैँ चलायमान हुन्छ ।” मन्त्री आलेले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नतिका लागि रु एक अर्ब बजेट विनियोजन गरिएको उल्लेख गर्दै प्रत्येक जिल्लामा कम्तीमा एउटा हवाई मैदानको निर्माणका लागि आफूले पहल गरेको बताउनुभयो ।

धनगढी विमानस्थल र भारतको नयाँ दिल्ली हुँदै, नेपालको कैलालीबाट खप्तड हुँदै मानसरोवरसम्मको फास्ट ट्र्याक निर्माणका लागि विश्व बैंकसँग समन्वय भइरहेको र त्यसका लागि रु.६५ अर्ब बजेट माग गरिएको उहाँले जानकारी दिनुभयो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्