विराटनगर फाल्गुन १४ ,
बेलायतको पब्लिक विश्वविद्यालय व्लभरह्याम्टनको पाठ्यक्रम अनुसार विराटनगरमा सुरु भएको इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कोर्ष अन्तर्गतका विद्यार्थीहरुका लागि कलेजमा हस्पिटालिटी उद्यमशीलता सिरिज हुने भएको छ ।इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्टका विद्यार्थीहरुका निम्ति ५ वटा सिरिज सहितका प्रतियोगिता हुन लागेको कलेजका प्रमुख कार्यकारी डा. ऋषिकेश वाग्लेले जानकारी दिए ।
विद्यार्थीहरुका लागि उक्त कोर्षमा सैद्धान्तिक र व्यवहारिकता दुवै पक्षबाट हस्पिटालिटी क्षेत्रमा आवश्यक बिभिन्न स्किल सेट लेक्चर-ट्युटोरियल-वर्कशप सिक्न पाउने बिधि अन्तर्गत हस्पिटालिटी उद्यमशीलता सिरिज संचालन गर्न लागिएको वाग्लेले बताए ।सिरिज अन्तर्गत विद्यार्थीहरुले बिभिन्न भ्रमण योजना तथा कार्यन्वयन प्रतियोगिता,हस्पिटालिटी क्षेत्रमा आइटीको महत्व र उपयोगिता, इभेन्ट म्यानेजमेन्ट वर्कशप , आर्ट मेला लगायतका कार्यक्रम सहित एक महिना सम्म उक्त सिरिज आयोजना हुने कलेजका अपरेशन प्रमुख बिबेक दाहालले बताए । विधार्थीहरुलाई उक्त सिरिजले वास्तविक हस्पिटालिटी कम्पनी संचालन गरेर उक्त क्षेत्रमा उद्यमी बन्न महत्वपूर्ण भूमिका खेल्ने दाहालले बताए । प्रतियोगितामा बिजेता समुहका विधार्थीले बिभिन्न पुरस्कार समेत पाउनेछन् । उक्त सिरिज मार्च ११ बाट संचालनमा आउने छ । होटेल म्यानेजमेन्ट भन्दा भिन्न र अझ परिस्कृत रहेको उक्त कोर्षले विद्यार्थीहरुलाई स्वरोजगार हुन तथा म्यानेजमेन्ट लेवलमा अब्बल बनाउने कलेजको भनाइ छ ।
बिराटनगर इन्टरनेशनल कलेजमा इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट सहित बिगत ८ वर्षदेखि इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट (बिआइबिएम) पनि पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजले विदेश नै गएर ठुलो लगानीमा अन्तरास्ट्रिय शिक्षा लिनुपर्ने बाध्यतालाई चिर्दै नेपालमै बेलायतका कोर्ष सर्वसुलभ खर्चमा पढाउदै आएको छ ।