बाँके । नेपालगंज उपमहानगरपालिका वडा १५ जमुनाह गाउँको खुल्ला चौरमा तास खेलिरहेको अवस्थामा भारत बहारइच आदर्श थाना रुपैडिया बस्ने २७ वर्षीय शिखर वर्साल सहित २ जनालाई नगद रू.९८ हजार ८ सय ६० रूपैयाँ, १ बुक तास र २ थान मोबाइल सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको गस्ती टोलीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
घटना बारेमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
फोटो: साङ्केतिक