विराटनगर। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएपछि स्थगित भएको प्रदेश सभा बैठक आइतबार बस्दैछ । राईले गत मंसिर १ गते विश्वासको मत लिएपछि स्थगित संसदको बैठक आजलाई बोलाइएको हो ।
मुख्यमन्त्री राईले विश्वासको मत लिएपछि अनिश्चितकालका लागि स्थगित भएको संसदको नवौं तथा हिउँदे अधिवेशनको सातौं बैठक केहिबेरपछि १ बजेका लागि बोलाइएको छ । तीन महिनापछि बैठक बसेका कारण दलका नेताहरूले पनि सम्बोधन गर्ने तयारी गरेका छन् ।