विराटनगरमा फागुन २१ मा काँग्रेसको अन्तरक्रिया : एमसीसी, गठबन्धन र महाअभियोग बारे कार्यकर्तालाई बुझाउने

<span class='c1'>विराटनगरमा फागुन २१ मा काँग्रेसको अन्तरक्रिया :</span> <span class='c2'>एमसीसी, गठबन्धन र महाअभियोग बारे कार्यकर्तालाई बुझाउने</span>

विराटनगर । नेपाली काँग्रेस विराटनगर महानगर समितिले तीनवटा धारणाको विषयमा कार्यकर्ता बुझाउन अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी फागुन २१ गते शनिबार विहान ११ः३० देखि जैन भवनमा ‘वर्तमान परिस्थितिमा नेपाली काँग्रेसको भूमिका’ विषयक अन्तरक्रिया गरिने भएको हो ।

महानगर सभापति दिपक चापागाँईले पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई तल्लोस्तरका कार्यकर्ता माझ बुझाउन अन्तरक्रिया कार्यक्रम राखिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । एमसीसी, गठबन्धन र प्रधानन्याधीशमाथि लगाइएको महाअभियोगको विषयलाई केन्द्रीयस्तरका नेतामार्फत बुझाउनका लागि कार्यक्रम आयोजना गरिने भएको हो ।

अन्तरक्रिया कार्यक्रममा काँग्रेसका महामन्त्री गगन थापा, उपसभापति धनराज गुरुङसहितका नेताहरु सहभागी हुने सभापति चापागाँईले जानकारी दिनुभयो । कतिपय विषयमा तल्लोस्तरका कार्यकर्ता अलमलमा परेका छन्, पत्रकार सम्मेलनमा सभापति चापागाँईले भन्नुभयो–एमसीसी, गठबन्धन बनेर निर्वाचनमा जाने विषय र प्रधानन्याधीशमाथिको महाअभियोगको अन्योललाई चिर्नुछ । यस पटक नेताहरुलाई विषय दिएर बोल्न लगाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्