काठमाण्डौं । संघीय संसद भवन नयाँ बानेश्वरको मुल गेटअगाडि शंकास्पद प्रेसर कुकर नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले राखेको दाबी प्रहरीले गरेको छ ।
मिति २०७८।११।१६ गते काठमाण्डौं जिल्ला काठमाण्डौं महानगरपालिका वडा नं. १० नयाँ बानेश्वरस्थित संसद भवन अगाडीको मूख्य सडकमा अपरिचित ब्यक्तिहरुले जनमानसमा भय त्रास सिर्जना गर्ने गरी आंतंकित बनाउने उद्देश्यले शंकास्पद वस्तु (प्रेसर कुकर बम) राखेका थिए । उक्त घटनामा संलग्न ब्यक्तिहरुलाई महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलिले अनेरास्ववियू क्रान्तिकारीका पशुपति बहुमुखी क्याम्पस कमिटि अध्यक्ष जि. काभ्रे भुम्लो गा.पा. वडा नं. २ सिमथली घर भई हाल का.जि. चावाहिल बस्ने बर्ष २१ को सुवास महतलाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त घटनामा प्रयोग भएको बा.प्र. ०२-०३०-प. ७०८५ नम्बरको यामाहा कम्पनीको FZ मोटरसाईकल थान-१,Rapid समेत लेखिएको कालो निलो रंगको फुल हेल्मेट थान-१,घटनामा लगाएको Adidas लेखिएको दुवै बाहुलाको भागमा सेतो स्ट्राप भएको कालो रंगको ट्रयाक ज्याकेट थान-१ र विभिन्न कम्पनीका मोवाईल थान-४ सहित मंगलबार काठमाण्डौं स्थित गौशालाबाट पक्राउ गरी प्रहरीले थप आवश्यक अनुसन्धान भईरहेको जनाएको छ ।