उर्लाबारीमा जुवा खालमा प्रहरीको छापा

<span class='c1'>उर्लाबारीमा जुवा खालमा</span> <span class='c2'>प्रहरीको छापा</span>

विराटनगर । मोरङको उर्लाबारी–७ को एक घरबाट जुवा खेलिरहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । दैनिक जुवाको अवडा रहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

मोरङ प्रहरीका प्रहरी उपरीक्षक जनार्दन जिसीले जुवा खालमा छापा हानेर व्यक्तिहरु पक्राउ गरिएको बताउनुभयो । तर, को–को पक्राउ परेका हुन् भन्ने यकिन विवरण आईनसकेको बताउनुभयो । स्थानीयका अनुसार स्थानीय कृष्ण प्रधानको घरबाट जुवाडे पक्राउ परेका हुन् । प्रधान अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट वडा अध्यक्षका उमेद्वार रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्