पाकिस्तानमा ७६५ जना कोरोनाका नयाँ सङ्क्रमित, २२ को मृत्यु

<span class='c1'>पाकिस्तानमा ७६५ जना कोरोनाका नयाँ</span> <span class='c2'>सङ्क्रमित, २२ को मृत्यु</span>

पाकिस्तानमा मङ्गलबार कोरोनाका थप ७६५ जना सङ्क्रमित भएका छन् ।

गत २४ घण्टामा यहाँ कोरोना सङ्क्रमणका कारण २२ व्यक्तिको मृत्यु भएको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसीओसी) ले बुधबार जानकारी दिएको छ ।

पाकिस्तानमा हालसम्म १५ लाख १० हजार ९८६ जनालाई कोरोना सङ्क्रमण देखा परेको छ । ती मध्ये १४ लाख ४५ हजार २४५ जना कोरोना भाइरस मुक्त भएका छन् । हाल पाकिस्तानमा ९८१ जना गम्भीर बिरामीसहित ३५ हजार ५३२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण थप २२ जनाको मृत्यु भएसँगै पाकिस्तानमा कोरोेनाबाट ज्यान गुमाउनेको सख्या ३० हजार २१८ पुगेको छ ।पाकिस्तानको दक्षिणी प्रान्त सिन्ध सबैभन्दा बढी कोरोना प्रभावित क्षेत्र हो । यहाँ पाँच लाख ६८ हजार ६३५ कोरोना सङ्क्रमण भएको छ । त्यसपछि पूर्वी प्रान्त पञ्जाबमा पाँच लाख एक हजार ७५८ कोरोना सङ्क्रमण भएको समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्