विराटनगर । विराटनगर १ मा रहेको जेम्स स्कुलमा नयाँ प्रिन्सीपलको रुपमा पंकज खड्कालाई नियुक्त गरिएको छ ।
उनी यस अघि उर्लाबारीमा रहेको डाम्म्राविटा स्कुलमा प्रिन्सीपल, र मेरील्याण्ड विविएस कलेजमा लामो समय सम्म अनुभव बटुलिसकेका अनुभवी प्राप्त शिक्षक हुन् ।

खड्कालाई स्कुल व्यस्थापनले बिहीबार व्यवस्थापकीय जिम्मेवारी दिएको स्कुलले जनाएको छ । खड्कालाई सोही स्कुलमा अध्ययनरत जुनियर विद्यार्थीले माला लगाएर स्वागत गरेकी थिईन् । प्रिन्सीपल खड्कालाई कलेजका संचालक भेषराज पोखरेल , शंकरलाल राठी , मनोज गुप्त, पंकज साह, शंकर खरेल र निरज कोईराला लगायतले स्वागत गरेका थिए । खड्कासंग अग्रेजी साहित्यमा डिग्री गर्नुका साथै विद्यालयदेखी युनिभर्सिटी सम्मको १७ बर्षको शैक्षणिक अनुभव रहेको छ ।